दोल्ती पावर कम्पनीको आइपीओ बाँडफाँड सम्पन्न, यसरी हेर्नुस रिजल्ट

७ चैत्र २०७९, मंगलवार १०:३४

काठमाडौं । दोल्ती पावर कम्पनीको आइपीओ बाँडफाँड सम्पन्न भएको छ । कम्पनीले वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका निमित्त निष्काशन गरेको शेयर बाँडफाँड गरेको हो ।

कम्पनीले जारी पुँजीको २० प्रतिशत अर्थात् १० लाख ७२ हजार ९७२ कित्ता शेयरको १० प्रतिशत शेयर अर्थात् १ लाख ७ हजार २९८ कित्ता शेयर निष्काशन गरेकोमा उक्त शेयर बाँडफाँड गरेको हो ।

फागुन ८ गतेदेखि फागुन २५ गतेसम्म बिक्री खुल्ला गरेकोमा सो अवधिभित्र रितपूर्वक आवेदन दिने सम्पूर्ण आवेदकहरुलाई चैत ६ गते बाँडफाँड गरेको हो ।

आइपीओ बाँडफाँड सम्बन्धी विवरण बिक्री प्रबन्धक एनआइसी एशिया क्यापिटल लिमिटेडको वेबसाइट https://www.nicasiacapital.com/ अर्थात् सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडबाट संचालित वेबसाइट  https://iporesult.cdsc.com.np/ बाट हेर्न सकिनेछ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*