२२ अंकले बढ्यो नेप्से, सबै उपसूचकमा हरियाली छाउँदा एक अर्ब २९ करोडमाथिको कारोबार
६ चैत्र २०७९, सोमबार १५:१३
काठमाडौं । साताको तेस्रो दिन शेयरबजारमा हरियाली छाएको छ । लगातार घटेको नेप्से सूचक आज २२.६५ अंकले बढेर १९४९ को विन्दुमा कायम हुन पुगेको छ ।
नेप्सेमा सूचीकृत २५८ कम्पनीको ५२ लाख ५५ हजार ८६ कित्ता शेयर किनबेच हुँदा एक अर्ब २९ करोड ८५ लाख रुपैयाँमाथिको कारोबार भएको छ ।
नेप्सेमा रहेका सबै उपसूचकमा आज हरियाली छाएको छ । सर्वाधिक आज ब्यापार उपसूचक ४.६६ प्रतिशतले बढेको छ । त्यस्तै, लगानीकर्ताहरुको रोजाइमा रहने हाइड्रोपावर उपसूचक २.२१ प्रतिशतले बढेको छ ।