इन्स्योरेन्स इन्स्टिच्युट नेपालको डिजिटल मार्केटिङ सम्बन्धी दुई दिने तालिम सम्पन्न
काठमाडौं । निर्जिवन बीमा कम्पनीका मार्केटिङ विभागका कर्मचारीहरुको दुई दिने तालिम सम्पन्न भएको छ । इन्स्योरेन्स इन्स्टिच्युट नेपालले आयोजना गरेको दुई दिने तालिम काठमाडौंमा सम्पन्न भएको हो ।
तालिममा ५० जनाको उपस्थिती रहेको थियो । दुई दिने तालिममा डिजिटल मार्केटिङ सम्बन्धी बिषयमा केन्द्रित रहेर तालिम दिइएको थियो ।तालिममा हालको परिप्रेक्षमा इन्स्योरेन्सको क्षेत्रमा कसरी डिजिटल मार्केटिङ गर्न सकिन्छ भन्ने बिषयमा केन्द्रित रहेको थियो ।
कार्यक्रममा सहभागी मार्केटिङ विभागका कर्मचारीहरुले तालिम प्रभावकारी रहेको बताएका थिए । दुई दिने तालिममा राष्ट्रिय बीमा संस्थानका डा.श्रद्धा पाण्डे लोहनी, सानिमा जिआईसीका सिईओ सुद्धम्न प्रसाद उपाध्याय, सलिकोका सिईओ चंकी क्षेत्री र युनियन लाइफका डिजीएम माधव शर्माले तालिम दिएका थिए ।