समता घरेलु र स्वरोजगार लघुवित्तबीचको मर्जर प्रक्रिया अघि बढ्यो
६ चैत्र २०७९, सोमबार १२:१६
काठमाडौं । समता घरेलु लघु्वित्त र स्वरोजगार लघुवित्त वित्तीय संस्थाबीचको मर्जर प्रक्रिया अघि बढेको छ । यी दुई संस्थाबीच एक आपसमा गाभ्ने।गाभिने तथा मर्जरमा जाने सम्बन्धमा नेपाल धितोपत्र बोर्ड (सेबोन)ले स्वीकृति प्रदान गरेको छ ।
बनेपा नगरपालिकास्थित केन्द्रीय कार्यालय रहेको यी दुवै संस्थाबीचको मर्जरलाई सेबोनले धितोपत्र दर्ता गराएका संगठित संस्था एकआपसमा गाभ्ने।गाभिने तथा प्राप्ति सम्बन्धमा निर्देशिका २०७९ बमोजिम स्वीकृति प्रदान गरेको हो ।
अब यी दुवै संस्थाको सभाले सो सम्बन्धी प्रस्ताव पारित गरेपछि कम्पनी रजिष्टार्डको कार्यालयले स्वीकृति प्रदान गरेपछि एकीकृत कारोबार हुनेछ ।