नयाँ सारथी लघुवित्तको साधारण चैत २८ मा, कहिले हुदैछ बुकक्लोज ?

६ चैत्र २०७९, सोमबार ०९:२०

काठमाडौं । नयाँ सारथी लघुवित्त वित्तीय संस्था लिमिटेडले चौधौं वार्षिक साधारण सभा आह्वान गरेको छ । संस्थाको चैत ४ गते बसेको संचालक समितिको बैठकको निर्णयले सभा चैत २८ गते होटल जुुगल, मिरावल चोक, धुलिखेलमा दिउसो १ बजे बस्ने भएको हो ।

सभाले चाल आवको वार्षिक प्रतिवेदन पारित गर्ने प्रस्ताव रहेको छ । त्यस्तै, सभाले लेखापरिक्षकको प्रतिवेदन सहित आव २०७८।७९ वासलात, नाफा नोक्सान हिसाब तथा नगद प्रवाह लगायतका अन्य वित्तिय विवरणहरु पारित गर्ने प्रस्ताव रहेको छ ।

सभाले संचालक समितिले प्रस्ताव गरे बमोजिम चालु आर्थिक वर्षको मुनाँफाबाट हाल कायम रहेको चुक्ता पुुँजीको १९ प्रतिशतले बोनश शेयर जारी गर्ने प्रस्ताव रहेको छ । सभाले आर्थिक वर्ष २०७९।८० को लागि लेखापरिक्षक नियुक्त गर्ने र पारिश्रमिक तय गर्ने प्रस्ताव समेत पारित गर्ने प्रस्ताव रहेको छ ।

कम्पनीले सभा प्रयोजनको लागि चैत १५ गतेका दिन बुकक्लोज गर्ने भएकाले चैत १४ सम्म कायम शेयरधनीले सभामा सहभागि हुन पाउन्छन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*