बैंक तथा वित्तीय संस्थाप्रति बढेको आक्रोश र जनगुनासोलाई सम्बोधन गर्न प्रधानमन्त्री दाहालले बृहत् समीक्षा बैठक बोलाउने

५ चैत्र २०७९, आईतवार १७:४४

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले बैंक, लघुवित्त र सहकारी संस्थाहरूमा देखिएका समस्याको समाधानका लागि बृहत् समीक्षा बैठक बोलाउने भएका छन् । आइतबार प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहदरबारमा आयोजित राष्ट्रिय सहकारी विकास बोर्डको बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले बैंक तथा वित्तीय संस्थाप्रति बढेको आक्रोश र जनगुनासोलाई समेत सम्बोधन गर्ने भएको छ।

‘कुनै समयमा लघुवित्तले निकै राम्रो काम गरेका थिए । मुख्यतः ग्रामीण वस्तीमा सहज र सरल कर्जा प्रवाह भएको थियो तर, अहिले जनताले लघुवित्तप्रति कैयौं प्रश्नहरू उठाएका छन्’ दाहालले भने ‘सहकारीहरूमा पनि समस्या देखिएका छन्, यिनीहरूको बृहत् समीक्षा गरी आगामी नीति तर्जुमा गर्न जरूरी छ ।’ बैंक तथा वित्तीय संस्थाहरूको कार्यप्रति समीक्षा आवश्यक रहेको र त्यसबाट समस्या पहिचान गरी समाधान गर्ने उनले बताए । सहकारी क्षेत्रमा देखिएका समस्या समाधानका लागि सहकारी बोर्डले नियमित अनुगमन र सहजीकरण गर्नुपर्नेमा उनले जोड दिए ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*