बीमा सर्भेयर संघको वार्षिक साधारणसभा सम्पन्न, राष्ट्रिय बीमा कम्पनीप्रति सर्भेयरको गुनासो

५ चैत्र २०७९, आईतवार १६:५५

काठमाडौं । बीमा सर्भेयर संघ नेपाल (निसा) को १४ औं वार्षिक साधारणसभा चितवनमा सम्पन्न भएको छ । संघले साधारणसभाको प्रस्तावहरु पारित गरेका छन् । कार्यक्रममा बन्दसत्रमा राष्ट्रिय बीमा कम्पनीले पाउनुपर्ने पारिश्रमिक नदिएको भन्दै गुनासो गरेका थिए । सभाले कम्पनीको नयाँ व्यवस्था लागु नभएसम्म कुनै पनि सर्भेयरहरुले काम नगर्ने घोषणा समेत गरेका छन् ।

नेपाल बीमक संघ र सर्भेयर संघबीच २०७३ सालमा भएको सम्झौतलाई अटेर गर्दै कम्पनीले पारिश्रमिकमा बारम्बार अनुरोध गर्दा पनि व्यवस्था गर्दा पनि वेवास्ता गरेको हुँदा यस्तो निर्णय गरेको हो ।
सभामा गत आर्थिक वर्षको लेखापरीक्षण प्रतिवेदन र अन्य एजेण्डाहरु समेत पारित भएका छन्।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*