बीमा कम्पनीहरुले अभिकर्ताहरुको लागि पनि शेयर छुट्याउनुपर्छ: नन्दप्रसाद तिवारी
काठमाडौं । पेशागत बीमा अभिकर्ता संघ नेपालका केन्द्रिय अध्यक्ष नन्दप्रसाद तिवारीले बीमा कम्पनीहरुले बीमा अभिकर्ता कम्पनीको शेयर वितरण गर्नुपर्ने बताएका छन्। शनिबार पेशागत बीमा अभिकर्ता संघ एशियन लाइफको दोस्रो केन्द्रिय अधिवेशनलाई सम्बोधन गर्दै अध्यक्ष नन्द प्रसाद तिवारीलेकम्पनीले कम्पनीको पुँजी वृद्धि गर्ने हो भनेबीमा अभिकर्तालाई पहिलो प्राथमिकतामा राखेर शेयर दिनुपर्ने बताए।
कम पुँजीका कारण केही बीमा कम्पनीहरू मर्ज भएको तर्फ संकेत गर्दै अध्यक्ष तिवारीले अभिकर्तालाई खुसी बनाउन नसक्ने कम्पनी टिक्न नसक्ने धारणा व्यक्त गरे। उनले भने, केहि कम्पनीहरू मर्जमा गएका छन्, त्यस्तो अवस्था किन आयोरु लगानीकर्ताले बीमा अभिकर्तालाई शेयर आह्वान गर्ने हो भने पुँजीको कमी हुन्न, तर कम्पनीले त्यसो गरेनन, उनले भने ।
पेशागत अभिकर्ताहरुको छाता संगठनका अध्यक्ष तिवारीका अनुसार प्राधिकरणको अप्ठेरो र अव्यहारिक नियमका कारण बीमितलाई समेत अप्ठेरो परिरहेको छ । भक्तपुरमा आयोजित पेशागत बीमा अभिकर्ता संघको नेशनल लाइफ इन्स्योरेन्स कम्पनी केन्द्रिय बीमक समिति गठनको कार्यक्रममा उनले प्राधिकरणको नयाँ नियमले मारमा परेको गुनासो गर्दै सर्वपक्षिय छलफलद्धारा समन्वय नगरे जीवन बीमा क्षेत्रमा नसोचेको परिणाम आउने चेतावनी दिए ।
बीमा प्राधिकरणले ल्याएको ‘एक कम्पनी एक बीमा अभिकर्ता’ नामक नाराले बीमा अभिकर्ता र बीमित दुबै मारमा परेको गुनासो पोखेका छन् । यसले बीमा अभिकर्ता मात्रै नभई बीमितको समेत इच्छाविरुद्ध भएको भन्दै कार्यक्रममा प्राधिकरणको नियम व्यवहारिक नभएको बताए । नयाँ नियम केही कम्पनीहरुलजाई फाइदा हुने भएपनि बीमित हितको कोणबाट हेर्दा सबैलाई घाटा रहेको बताए ।
त्यस्तै, उनले कार्यक्रममा संस्थागत बीमा अभिकर्ताले व्यक्तिगत बीमा अभिकर्ताहरुको रोजीरोटी खोस्ने हुँदा यसतर्फ पनि संघ थप गम्भीर हुनु आवश्यक रहेको बताए । उनले आगामी दिन बीमा अभिकर्ताहरुको लागि खतराको घण्टी बज्दै गएको बताए ।
‘बीमा प्राधिकरणको नियामावलीमा हामीले जीवना बीमा अभिकर्ता पेशालाई थप व्यवस्थित बनाउन विभिन्न बुँदा थप गर्न निर्देशन दिएका छौ । हामी सबै मिलेर प्राधिकरणले ल्याउन लागेको नियामावलीको बिषयमा जागरुत गराउन आवश्यक रहेको छ’ अध्यक्ष तिवारीले बताए।
उक्त अधिवेशनमा दामोदर लामिछानेको अध्यक्षतामा नयाँ कार्यसमिति गठन गरेको छ।