युनिक नेपाल लघुवित्तको संचालकमा ४ जना निर्वाचित, अध्यक्षमा शिव बहादुर चौधरी
५ चैत्र २०७९, आईतवार १३:२९
काठमाडौं । युनिक नेपाल लघुवित्त वित्तीय संस्थाको नयाँ संचालक समिति गठन भएको छ । संस्थाको चैत ४ गते सम्पन्न चौथौं वार्षिक साधारण सभाबाट लघुवित्तको संचालक समितिमा ४ जना संचालकहरु निर्विरोध निर्वाचित भएका हुन् ।
संस्थाको संस्थापक समूहतर्फबाट शिव बहादुर चौधरी, सन्त राम धरकतुवा थारु, पुरन प्रसाद चौधरी र जगत राम थारु चौधरी निर्वाचित भएका हुन् । साथै संस्थाको चैत ४ गते बसेको संचालक समितिको बैठकले अध्यक्षमा शिव बहादुर चौधरीलाई नियुक्त गरेको छ ।
यसका साथै संस्थाले सर्वसाधारण संचालक काली प्रसाद चौधरी र सपना श्रेष्ठको समयावधि सकिएको जनाएको छ ।