संचिताले श्रीमानको जन्मदिनमा दिइन् आइएमई लाइफको बीमा पोलिसी उपहार

५ चैत्र २०७९, आईतवार १२:४६

काठमाडौं । भविष्यमा हुन सक्ने जोखिम बहन हुने भएका कारण पछिल्ला समय जीवन बीमाप्रति मानिसहरुको रुचि बढ्दै गइरहेको छ । विभिन्न अवसरहरु जस्तै, बर्थडे, बिबाह, पास्नी, चाडपर्व, विवाह वर्षगाठ या अन्य कुनै अवसरहरुमा आफ्नो नजिकको व्यक्तिलाई जीवन बीमा पोलिसी खरिद गरिदिएर उपहार दिने प्रचलन बढ्दो छ ।

यस्ता खालको नयाँ ट्रेन्डले बीमा क्षेत्रप्रति सकारात्मक प्रभाव पार्नें देखिन्छ । यसैबीच गोठाटार, काँडाघारी–७ मा बसोबास गर्दै आएकी संचिता कार्की खत्रीले आफ्नो श्रीमान् मनोहरी खत्रीको जन्मदिनको अवसरमा जीवन बीमा पोलिसी उपहार दिएकी छिन् ।

भविष्यमा हुन सक्ने जोखिम बहन हुने भएका कारण अन्य तडकभडक गरी जन्मदिन मनाउनुभन्दा संचिताले श्रीमानलाई आइएमई लाइफ इन्स्योरेन्स पेप्सीकोला शाखाबाट १५ लाख रुपैयाँको जीवन बीमा पोलिसी खरिद गरि उपहार दिएकी हुन् ।

पेप्सीकोला शाखा प्रमुख सुदिप बास्कोटा र एमडीआरटी बिनि श्रेष्ठसमक्ष संचिताले आइएमई लाइफको ‘आइएमई सरल सावधिक जीवन बीमा’ पोलिसी उपहार दिएकी हुन् ।

भविष्यमा हुन सक्ने आर्थिक जोखिमको हस्तान्तरण हुने भएकोले श्रीमानलाई अन्य भौतिक वस्तुभन्दा जीवन बीमा पोलिसी उपहारस्वरुप खरिद गरिदिएको संचिताले बताईन् । साथै जीवन बीमा आर्थिक सुरक्षाको साधन समेत रहेकाले पछिल्लो समय यस्ता अवसरहरुमा जीवन बीमा उपहार दिने ट्रेन्ड चलेको एमडीआरटी विनि श्रेष्ठले बताइन् ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*