नेपाल चलचित्र कलाकार संघको अध्यक्षमा मोहन निरौला निर्वाचित

५ चैत्र २०७९, आईतवार ११:२३

काठमाडौं । नेपाल चलचित्र कलाकार संघको अध्यक्षमा बरिष्ठ कलाकार मोहन निरौला निर्वाचित भएका छन् । शनिवार काठमाडौँमा सम्पन्न संघको १९औं महाधिवेशनले नयाँ कार्यसमिति निर्वाचित गरेको हो ।

कूल खसेको मत ४६८ मध्ये निरौलाले २३५ मत प्राप्त गरेर अध्यक्ष बनेका हुन् । निरौलाले अध्यक्ष पदकी निकटतम प्रत्यासी रेजिना उप्रेतीलाई २६ मतले हराएका हुन् । उप्रेतीले २०९ मत प्राप्त गरेकी थिइन् । कुल ४६८ खसेको मतमध्ये २६ मत भने बदर भएको थियो ।

संस्थाको स्थापनाकालदेखि नै निरौलाले महासचिव र उपाध्यक्ष पदमा रहेर काम गरिसकेका छन् । अघिल्लो कार्यसमितिमा उनी उपाध्यक्ष र प्रवक्ता थिए ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*