सर्पोट लघुवित्तको संचालकमा तारा देवी भट्टराई चयन
५ चैत्र २०७९, आईतवार १०:४२
काठमाडौं । सर्पोट लघुवित्त वित्तीय संस्था लिमिटेडको संचालकमा तारा देवी भट्टराई निर्विरोध निर्वाचित भएकी छिन् ।
संस्थाको चैत ४ गते शनिबार सम्पन्न भएको ८औं वार्षिक साधारण सभाबाट सर्वसाधारण शेयरधनीहरुको तर्फबाट रिक्त रहेको २ संचालक पदमध्ये एक संचालक पदमा मोरङ्ग जिल्ला, विराटनगर महानगरपालिका वडा नं. ५ बस्ने भट्टराई चयन भएकी हुन् ।