भ्युचर्ल ट्रेड म्यानेजमेन्ट सिस्टम संचालन आँउदा कस्तो देखियो शेयर बजार ?

२ चैत्र २०७९, बिहीबार १६:२९

काठमाडौं। नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से) ले धितोपत्रको दोस्रो बजारका सम्भावित लागानीकर्तालाई प्रविधिमा अभ्यस्त बनाउन भर्चुअल ट्रेड म्यानेजमेन्ट सिस्टम (सिमुलेटर) परीक्षणको रूपमा सञ्चालनमा ल्याएको हो ।

डेमो ट्रेडिङ संचालनमा ल्याएको दिनमा नेप्सेमा सूचीकृत २५८ कम्पनीको ३४ लाख २ हजार २६७ कित्ता शेयर खरिदबिक्री हुँदा एक अर्ब १४ करोड १४ लाख रुपैयाँमाथिको कारोबार भएको छ नेप्से सूचक आज ५।३२ अंकले घटेर १९३३ विन्दु्मा कायम भएको छ ।

सूचीकृत १३ उपसूचकमध्ये आज ४ वटा उपसूचकमा हरियाली छाएको छ भने बाँकी ९ वटा उपसूचकम राताम्य रहेका छन् । सर्वाधिक आज ब्यापार उपसूचक १।४१ प्रतिशतले बढेको छ भने सर्वााधिक माइक्रोफाइनान्स इन्डेक्स ०।९० प्रतिशतले घटेको छ ।

अनलाइन प्रणालीमा कसरी कारोवार हुन्छ भनेर व्यावहारिक ज्ञान प्रदान गर्ने शैक्षिक प्रयोजनका लागि यो प्रणाली संचालनमा ल्याइएको जानकारी गराएको छ।प्रयोगकर्ताले सिमुलेटरमा प्रवेश गरी खरिद वा बिक्री आदेश राखेपछि प्रणालीले नै प्रति आदेश ) राखेर कारोबार सम्पन्न गराउने नेप्सेले जानकारी गराएको छआइराखेका छन्। तर नियामक निकायहरूले भने कम्पनीहरूलाई अनुमति दिएका छैनन्।

डेमो ट्रेडिङअन्तर्गत हाल १० वट स्टकमात्रै कारोबार गर्न मिल्छ। नेप्सेले प्रति लगानीकर्तालाई १० लाख रुपैयाँको मात्रै लिमिट दिएको छ।

 

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*