महालक्ष्मी लाइफद्वारा बीमालेखहरुको नविकरण बीमा शुल्कमा विशेष छुट

२ चैत्र २०७९, बिहीबार १३:२७

काठमाडौं । महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडले नविकरण बीमाशुल्कमा लाग्ने बिलम्ब शुल्कमा छुट प्रदान गर्ने भएको छ ।

इन्स्योरेन्सले एक सूचना प्रकाशित गर्दै २०७७ फागुन १० गतेदेखि २०७९ फागुन ९ गतेसम्म जारी बीमालेखहरुको नविकरण बीमाशुल्कमा चैत ९ गतेसम्म २५ प्रतिशत छुट प्रदान गर्ने भएको छ ।

कम्पनीका बीमितहरुले यस भन्दा अगाडी छुट सुबिधा प्राप्त गरिसकेको भए यस बीमालेखमा सो छुट उपलब्ध नहुने कम्पनीले जनाएको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*