तीन लघुवित्त संस्थाका कर्मचारीमाथि हातपात, माइक्रोफाइनान्स एसोसिएसनद्वारा भत्सर्ना

२ चैत्र २०७९, बिहीबार १३:५७

काठमाडौं । पछिल्लो समय लघुवित्त संस्थाहरुप्रति नकारात्मक धारणा फैलिदै गइरहेको छ । लघुवित्त संस्थाहरुले किस्ता असुलीमा सदस्यहरुलाई धम्की दिने दबाद सिर्जना गर्ने जस्ता आरोपहरु ऋणीहरुले लगाउँदै आइरहेका छन् ।

महिला सशक्तीकरण र गरिबी निवारणको उद्देश्यले खुलेका लघुवित्तहरुको सिद्धान्त अथवा उद्देश्य यतिवेला संकटमा परेको छ । लघुवित्त विरुद्धको संघर्ष समिति अर्थात विभिन्न संगठनले ऋणीहरुलाई उचालेर लुघवित्त संस्थाहरुप्रति नकारात्मक धारणा पैदा गराइदिएको छ ।

यसैबीच माइक्रोफाइनान्स एसोसिएसन अफ नेपालले केही लुघवित्त संस्थामा अज्ञात समूहहरुले गरेको अनैतिक कार्यप्रति घोर भत्सर्ना जनाएको छ । चैत १ गते सबैको लघुवित्त रुपन्देही शाखा, उन्नती सहकार्य लघुवित्त शंकरपुर शाखा रुपन्देही र समता घरेलु् लघुवित्त चन्द्रौटा शाखा कार्यालय कपिलवस्तुमा केही अज्ञात समूहहरुले तालाबन्दी गरी कर्मचारीहरुमाथि हातपात गर्ने जस्ता अनैतिक कार्यहरु गरेका थिए ।

सोही घटनालाई लिएर माइक्रोफाइनान्स एसोसिएसनले आपत्ति जनाएको हो । सो घटनालाई लिएर एसोशिएसनले यस्तो परिस्थितिमा काम गर्न निकै असहज हुने भएकाले यस्ता व्यक्तिहरुलाई कानुनी कारबाही गरी आगामी दिनमा यस्ता घटनाहरु दोहोरिन नदिन आवश्यक सुरक्षा व्यवस्था मिलाई कर्मचारीलाई शान्तिपूर्ण तरिकाले काम गर्न वातावरण मिलाइदिन सम्बन्धीत निकायलाई अनुरोध समेत गरेको छ ।

 

No description available.

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*