कुमारी बैंकको ५ लाख ७ हजार कित्ता संस्थापक शेयर बिक्रीमा
२ चैत्र २०७९, बिहीबार १०:५७
काठमाडौं । प्रभु बैंक लिमिटेडले संस्थापक शेयर बिक्रीमा ल्याएको छ । बैंकका केहि संस्थापक शेयरधनीहरुले आफ्नो नाममा रहेको शेयर बिक्रीको लागि निवेदन दिएपश्चात कम्पनीले कुल ५ लाख ७ हजार ९ सय ३७ शेयर बिक्रीमा ल्याएको हो ।
बैंकका शेयरधनी संजय कुमार मोरको ३८ हजार २ सय ८३ कित्ता, भोज कुमार सिटौलाको ३३ हजार १८ कित्ता, सुचित्र मान शाक्यको ३० हजार ३ सय ५० कित्ता शेयर १ सय ५० रुपैयाँका दरले बिक्रीमा ल्याएको छ । त्यस्तै, श्रवण कुमार अग्रवालको ५९ हजार ७ सय ५९ कित्ता, राजेश कुमार अग्रवाल ५९ हजार ७ सय ५९ कित्ता र बिनिता अधिकारीको २ लाख कित्ता संस्थापक शेयर बिक्रीमा ल्याएको छ ।
उक्त शेयर खरिद गर्न इच्छुक उम्मेदबारले सूचना प्रकाशित मितिले ३५ दिन भित्र बैंकको केन्द्रिय कार्यालय बबरमहल, काठमाडौंमा आवेदन दिन सक्नेछन् ।