अबदेखि अभिकर्ताले प्रत्येक बर्ष लाईसेन्स नविकरण गर्न नपर्ने, एक बर्ष गरे तीन बर्ष ढुक्क

१ चैत्र २०७९, बुधबार १७:००

काठमाडौं । अबदेखि अभिकर्ताले प्रत्येक बर्ष लाईसेन्स नविकरण गर्न नपर्ने भएको छ। एक बर्ष लाईसेन्स नविकरण गराए तीन बर्ष ढुक्क हुने नेपाल बीमा प्राधिकरणले जनाएको छ ।

पूरानो ऐनमा प्रत्येक आर्थिक बर्षमा नविकरण गर्ने व्यवस्था रहेको थियो । बीमा प्राधिकरणको नयाँ ऐन अन्तर्गत बीमा अभिकर्ताले एक बर्ष लाईसेन्स नविकरण गराए तीन बर्ष ढुक्क हुन पाउनेछन् ।

यस आर्थिक बर्षमा अभिकर्ताहरुले लाईसेन्स नविकरण गराएको खण्डमा तीन आर्थिक बर्षसम्म मान्य हुने प्राधिकरणले जनाएको छ।बीमा अभिकर्ता तथा सर्भेयरले नविकरणको प्रकृया खोलेको अवधिदेखि चैत मसान्त भित्रमा लाइसेन्स नविकरण गरिसक्नु पर्ने व्यवस्था रहेको छ ।लाइसेन्स नविकरणका लागि बीमा प्राधिकरणमा धाउनु पर्ने बाध्यताको अन्त्य गर्दै समितिले अनलाइन प्रणालीको विकास गरेको छ । गत आर्थिक बर्षदेखि अनलाईनबाटै नविकरण शुल्क भुक्तानी गर्ने व्यवस्था रहेको छ।

जीवन बीमा अभिकर्ताले चैत मसान्तसम्ममा वार्षिक नविकरण गराउनु पर्ने हुन्छ । यदि नविकरण भएको छैन भने उक्त अभिकर्ताले पोलिसी बिक्री गर्न पाउदैनन्।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*