विवाह वर्षगाँठको अवसरमा प्रभु लाइफको ३० लाख रुपैयाँको बीमा पोलिसि उपहार
१ चैत्र २०७९, बुधबार ११:००
काठमाडौं । पछिल्लो समयमा विभिन्न अवसरहरुमा आफ्ना नजिकका ब्यक्तिलाई विभिन्न भौतिक वस्तुहरु भन्दा बीमा पोलिसी उपहार दिने नयाँ ट्रेन्ड चलेको छ ।
यसैबीच विराटनगरका उज्जवल भट्टराइले आफ्नी श्रीमति यसोधा पोखरेललाई १२औं वैवाहिक वर्ष गाठको उपलक्ष्यमा बीमा पोलिसी उपहार दिएका छन् ।
भट्टराइले श्रीमतिलाई विवाह उत्वसको अवसरमा प्रभु लाइफ इन्स्योरेन्सको ३० लाख रुपैयाँ बीमाङ्क रकमको जीवन बीमा पोलिसी उपहार दिएका हुन् ।
जीवन बीमा हस्तान्तरण कार्यक्रममा प्रभु लाइफका तर्फबाट प्रदेश प्रमुख पुष्कर भट्टराई, शाखा प्रमुख प्रशान्त पाण्डे लगायतको उपस्थिती रहेको थियो । श्रीमती यसोधा पोखरेल भट्टराई प्रभु लाइफको एजेन्सी म्यानेजर समेत रहेकी छिन् ।