सगरमाथा लुम्बिनी इन्स्योरेन्सको कम्पनी सचिवको जिम्मेवारी कोइरालालाई
१ चैत्र २०७९, बुधबार १०:५१
काठमााडौं । सगरमाथा लुम्बिनी इन्स्योरेन्स लिमिटेडको कम्पनी लिमिटेड (सलिको)को कम्पनी सचिवमा देवेन्द्र कोइराला चयन भएका छन् ।
साविक सगरमाथा इन्स्योरेन्स र लुम्बिनी जनरल इन्स्योरेन्सबीच एकआपसमा गाभिएपश्चात बनेको कम्पनी सलिकोको फागुन २९ गते बसेको संचालक समितिको दोस्रो बैठकले कम्पनीको सचिव पदको जिम्मेवारी साविक लुम्बिनी जनरल इन्स्योरेन्सका सचिव कोइरालालाई दिने निर्णय गरेको हो ।