प्रधानमन्त्री प्रचण्डको आग्रहपछि व्यवसायीद्धारा बैंक विरुद्धको आन्दोलन फिर्ता

१ चैत्र २०७९, बुधबार ०७:५७

काठमाडौं । प्रधानमन्त्री प्रचण्डले हिजो साँझ उद्योगी व्यवसायीहरुसँग भेटवार्ता गरेका छन् । सो क्रममा प्रधानमन्त्री प्रचण्डले बैंक तथा वित्तीय संस्था विरुद्धको आन्दोलन फिर्ता लिन व्यवसायीहरुलाई आग्रह गरेका थिए । बैंकको ब्याजदर घटाउन पहल गर्ने प्रतिबद्धता प्रधानमन्त्री प्रचण्डले जनाएलगत्तै व्यवसायीहरुले पनि हिजैबाट आन्दोलन फिर्ता लिएका छन् ।

बैंक तथा वित्तीय समस्या संघर्ष समिति बनाएर पछिल्लो चार दिनदेखि भइरहेको विरोधको क्रममा हिजो बालुवाटार घेराउ गरिएको थियो । प्रधानमन्त्रीसँगको भेटपछि आन्दोलनका सबै कार्यक्रम फिर्ता लिएका हुन् । मंगलबार बेलुका प्रधानमन्त्री प्रचण्डको छलफलपछि बैंक वित्तीय संस्था विरुद्धको जारी आन्दोलन फिर्ता लिएको नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष दिनेश श्रेष्ठले बीमापोष्टलार्ई बताए । प्र्रधानमन्त्रीसँगको भेटमा सहभागी व्यवसायीका अनुसार प्रचण्डले ब्याजदर घटाउने प्रतिबद्धता जनाएका छन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*