युक्रेनमा तनाव थप बढ्दै, रसियाली खसाल्यो अमेरिकी जहाज

१ चैत्र २०७९, बुधबार ०७:२२

एजेन्सीहरु । युक्रेनमा जारी युद्धमा पहिलो पटक रसिया र अमेरिका आमने सामने भएका छन् । रसियाली जहाजले ड्रोनले अमेरिकी ड्रोन (चालक रहित जहाज) ब्लाक सिमा झारिदिएको छ ।
अन्तर्राष्ट्रिय सञ्चार माध्यम न्यूयोर्क टाईम्सका अनुसार रसियाली जहाजको आक्रमणको कारण अमेरिकी जहाज खसेको दावी गरिएको छ । एमक्यु–९ रेपियर जहाज रसियाली जहाजले प्रोपेलरमा प्रहार गरेपछि सन्तुलन गुमाएर समुन्द्रमा खसेको थियो । जारी युक्रेन युद्धमा अमेरिकी जहाजहरुको हवाई उडान सम्बन्धी सूचना संकलन गर्न प्रशारण गर्न ट्रान्सपोन्डर बोकेर आकाशमा उडिरहेको थियो ।

युक्रेन युद्धमा प्रत्यक्ष सहयोग गर्दै आएको अमेरिका र रुसबीच तनाव बढिरहेको बेला भएको यो दुर्घटनापछि दुवै देशका सेना सतर्क अवस्थामा रहेको बीबीसीले जनाएको छ । मंगलबार रुसीको एसयू–२७ लडाकु विमान र अमेरिकाको मानवरहीत ड्रोन आकासमा उडिरहेका थिए । सो क्रममा आपसमा ठक्कर खाएको हो । रसियाली सञ्चार माध्यम स्पुतनिकले भने जहाज आफै खसेको उल्लेख गरेको छ । रसियाली जहाज सकुशल आफ्नो घर फर्केको उल्लेख गर्दै आफ्नो जहाजले कुनै हतियार प्रहार नगरेको स्पष्ट पारेको छ । ब्लाक सि रसियाली क्रिमिया नजिकैको समुन्द्र हो । रुसले युक्रेनमा आक्रमण थालेदेखि नै यो क्षेमा लामो समयदेखि तनावको स्थिति छ ।

अमेरिकी सञ्चार माध्यम सिएनएनले भने रसियाले जानाजान अमेरिकी जहाजसँग ठोक्काएको दावी गरेको छ । सिएनएनले अमेरिकी सैनिक अधिकारीको भनाई उध्रित गर्दै रसियाली एसयु २७ नामक दुई रसियाली जहाज अमेरिकी जहाज नजिकै उडिरहेको र जानाजान ठोक्काएको दावी गरेको छ ।

जारी युद्धमा महत्वपूूर्ण सञ्चार सामग्रीसहित उडिरहेको अमेरिकी जहाजलाई झारिदिएपछि विश्वकै सबैभन्दा शक्तिशाली रसिया र अमेरिकाबीचको सम्बन्ध थप बिग्रन पुगेको छ ।

युक्रेनमा जारी युद्धको कारण विश्वभर आर्थिक संकट उत्पन्न भएको छ भने विश्व अर्थतन्त्रमा इतिहासकै कठिन अवस्था सिर्जना भएको छ । पछिल्लो सातामा अमेरिकामा दुई बैंक डुबेपछि युक्रेन युद्धमा अप्रत्यक्ष रुपमा संलग्न रहेको अमेरिका नराम्ररी प्रभावित भएको तथ्य उजागर हुन पुगेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*