लाभांश र मर्जर प्रस्तावसहित डिप्रोक्स लघुवित्तको साधारण सभा सम्पन्न
काठमाडौं । डिप्रोक्स लघुवित्त वित्तीय संस्था लिमिटेडले वार्षिक साधारण सभा सम्पन्न भएको छ । लघुवित्तले २१औं साधारण सभा फागुन ३० गते मंगलबार होटल सेभेन स्टार प्रा.लि. सौराहा, चितवनमा सम्पन्न गरेको हो ।
सो सभाले गत आर्थिक वर्ष २०७८।७९ को मुनाफाबाट आफ्ना शेयरधनीहरुलाई प्रस्ताव गरेको १० प्रतिशत बोनस शेयर र ११.०५२६३२ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ । सभामा यस लघुवित्तले आदर्श लघुवित्तलाई (१ः१) अनुपातमा अर्थात् १ बराबर १ को सेयर स्वाप रेसियोमा प्राप्ति गर्न स्वीकृति प्रदान गरेको छ ।
यसका साथै सभामा गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन, गत वर्ष २०७८।७९ को अन्त्यसम्मको वासलात, नाफा नोक्सान हिसाब, नगद प्रवाह लगायतका वित्तीय विवरणमाथि छलफल गरी पारित गर्ने प्रस्ताव पारित गरेको छ ।
त्यस्तै, सभाले चालु आर्थिक वर्ष २०७९।८० को लागि लेखापरीक्षक नियुक्त गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि पारित गरेको छ ।