७५३ वटै स्थानीय सरकारका प्रशासकीय अधिकृतलाई १८ बदे निर्देशन

३० फाल्गुन २०७९, मंगलवार १७:१८

काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले देशभरका स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृतहरुलाई कार्यसम्पादन तथा व्यवस्थापन सम्बन्धमा १८ बुदे निर्देशन जारी गरेको छ । मन्त्रालयले आइतवार (फागुन २८) गतेका दिन सचिव कृष्णहरि पुष्करले निर्देशन जारी गरेका हुन् ।

मन्त्रालयले स्थानीय तहको कामकारबाहिलाई स्वच्छ, सक्षम, पारदर्शी, जनउत्तरदायी, जवाफदेही र प्रभावकारी सुशासन कायम गर्न प्रमुख प्रशासकिय अधिकृतहरुलाई निर्देशन दिएको छ ।

बेरुजु फर्छ्यौट गर्ने, बजेटको रकमान्तर गर्दा कानुनी सीमाभित्र रहेर गर्ने, सार्वजनिक खरिद नियमावलीको पालना गर्ने, स्वीकृत दरबन्दीको रिक्त पदबाहेक सरुवाको सहमति नदिने मुख्य निर्देशन रहेको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*