आइएमई लाइफ इन्स्योरेन्सले प्रिमियममा आइपीओ जारी गर्न दियो बोर्डमा आवेदन

३० फाल्गुन २०७९, मंगलवार १६:१६

काठमाडौैं । आइएमई लाइफ इन्स्योरेन्स कम्पनीले प्रिमियममा आइपिओ जारीको अनुमतिका लागि नेपाल धितोपत्र बोर्डमा पुगेको छ। कम्पनीले १७६ रुपैयाँ प्रिमियम सहित प्रतिकित्ता २७६ रुपैयाँको दरमा एक करोड २० लाख कित्ता आइपिओ निष्काशनका जारी गर्न बोर्डमा आवेदन दिएको छ। बीमा प्राधिकरणले यसअघि नै प्रिमियममा आइपीओ निष्काशन गर्ने अनुमति दिईसकेको छ।

हाल कम्पनीको चुक्ता पूँजी २ अर्ब ८० करोड रुपैयाँ रहेको छ । नेपाल बीमा प्राधिकरणले कम्पनीलाई प्रिमियममा आइपिओ निष्काशन गर्न अनुमति दिईसकेकोछ । प्राधिकरणले नेटवर्थको दुई गुणा भन्दा बढि नहुने गरी प्रिमियममा आइपिओ निष्काशन गर्न कम्पनीलाई स्विकृती दिईसकेको छ ।

प्राधिकरणले विद्यमान कुनै पनि बीमा सम्बन्धी कानुनमा प्रिमियममा आइपिओ निष्काशन गर्न नहुने भन्ने व्यवस्था नभएको र कम्पनी ऐन २०६३ अनुसार प्रिमियममा आइपिओ निष्काशन गर्न मिल्ने व्यवस्था रहेको भन्दै स्वीकृति दिएको हो ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*