सिभिल लघुवित्तका सिइओ विनोद आचार्यले कति बुझे तलब भत्ता ?
३० फाल्गुन २०७९, मंगलवार ११:४८
काठमाडौं । सिभिल लघुवित्त वित्तीय संस्था लिमिटेडको ११औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । सभा फागुन २९ गते सम्पन्न भएको हो ।
सो सभाले गत आर्थिक वर्ष २०७८।७९ को अर्थात ११औं वार्षिक प्रतिवेदन उपर छलफल गरी पारित गरेको छ । सार्वजकि प्रतिवेदनअुनसार संस्थाका प्रमुख कार्यकारी अधिकृत (सिइओ) विनोद आचार्यले २५ लाख ४३ हजार ३०३ रुपैयाँ वार्षिक तलब भत्ता बुझेका छन् ।
यसका साथै सिइओ आचार्यले सवारी साधन र संचार सुविधा समेत बुझेका छन् । यसका संचालक समितिका सदस्यहरुलाई प्रति बैठक भत्ता ५ हजार रुपैयाँ उपलब्ध गराइएको छ ।