एशियन लाइफ इन्स्योरेन्सको लाभांश घोषणा, बोनस र नगद कति ?
३० फाल्गुन २०७९, मंगलवार १०:४४
काठमाडौं । एशियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले लाभांश घोषणा गरेको छ । कम्पनीले गत आर्थिक वर्ष २०७८।७९ को संचित मुनाफाबाट आफ्ना शेयरधनीहरुलाई लाभांश प्रस्ताव गरेको हो ।
कम्पनीको फागुन ३० गते बसेको संचालक समितिको बैठकले आव २०७८।७९ को संचित मुनाफाबाट कायम चुक्तापुँजीको ८.५० प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि ०.४४७ प्रतिशत नगद लाभांश सहित कुल ८.९४७ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको हो ।
उक्त लाभांश नियामक निकाय नेपाल बीमा प्राधिकरणबाट स्वीकृत प्राप्त भएपश्चात् कम्पनीको आगामी वार्षिक साधारण सभाले पारित गरेपछि शेयरधनीहरुमा वितरण हुनेछ ।