भोलि फागुन ३० गते हेटौडामा रहेको सबै बैंकका शाखाहरु बन्द गर्न उद्योग बाणिज्य संघद्धारा पत्राचार

२९ फाल्गुन २०७९, सोमबार २१:३०

काठमाडौं । बागमति प्रदेशको राजधानी हेटौडामा भोलि फागुन ३० बैंक खुल्ने कि नखुल्ने अन्योल सिर्जना भएको छ । जिल्लास्थित मकवानपुर उद्योग बाणिज्य संघले ३२ वटा संघहरुको नेतृत्व गर्दै भोलि फागुन ३० गते सबै बैंकका शाखा कार्यालय बन्द गर्न भन्दै पत्राचार गरेपछि अन्योल उत्पन्न भएको छ । बाणिज्य संघले भोलि एकदिनका लागि बैंक बन्द गर्न व्यवसायीहरुले बैंकलाई आग्रह गरेको छ । नेपाल उद्योग वाणिज्य महासंघको जिल्ला सदस्य मकवानपुर उद्योग वाणिज्य संघले बैंकहरुलाई पत्र पठाएर भोलि एक दिनको लागि बैंक बन्द गर्न आग्रह गरेको हो ।

तथापि बैंकिङ क्षेत्र अत्यावश्यक सेवा प्रदायक सार्वजनिक निकाय भएकोले सुरक्षाकर्मीले बल प्रयोग गरेर बैंंक खोल्ने सम्भावना बलियो छ । आज दिनभरि नै धर्ना र विरोध जनाएका व्यवसायीहरुले भोलि बैंक नै बन्द गर्न लिखित पत्राचार गरेका हुन् । बैंकले ब्याजदर तत्काल घटाउनुपर्ने माग गर्दै सडक आन्दोलन गर्दै आएका उद्योगी व्यवसायीहरुको ३२ वटा संस्थाको नेतृत्व मकवानपुर जिल्ला बाणिज्य संघले गर्दै आएको छ । उक्त संघको आन्दोलनलाई उद्योग बाणिज्य महासंघकै समर्थन रहेको जनाइएको छ ।

पछिल्लो समय ब्याजदरको बिषयमा उद्योगी व्यवसायीहरुले विरोध जनाएको र सोही विरोधलाई सहयोग स्वरुप भोलि बैंक बन्द गर्न सम्पूर्ण बैंकहरुलाई आग्रह गरेको हो । केही उद्योगी व्यवसायीहरु राष्ट्र बैंक पुगेर आज विरोध गरेका थिए ।
पछिल्लो समय बैंक, फाइनान्स, लघुवित्त र केही वित्तिय संस्थाको चर्को ब्याजदर विरुद्ध आन्दोलन नै गरेर कालोमोसो दल्ने काम समेत गरिरहेका छन् ।

 

 

 

 

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*