एनआइसी एशिया बैंकमा झुम्मिए लगानीकर्ता, यी हुन् आज सर्वाधिक कारोबार हुने टप १० कम्पनी
२९ फाल्गुन २०७९, सोमबार १५:०३
काठमाडौं । साताको दोस्रो दिन शेयरबजारमा दोहोरो अंकको गिरावट आएको छ । नेप्से सूचक आज २४.६८ अंकले घटेर १९५१ को विन्दुमा कायम हुन पुगेको छ ।
शेयरबजार घटेसँगै कारोबार रकम समेत घटेर एक अर्ब १६ करोडमाथिको कारोबार भएको छ । सर्वाधिक आज एनआइसी एशिया बैंकको ६ करोड २४ लाख रुपैयाँमाथिको कारोबार भएको छ ।
त्यस्तै, शिवम् सिमेन्ट्सको ५ करोड ६८ लाख, अरुण भ्याली हाइड्रोपावरको ५ करोड ५ लाख, हिमालयन डिष्टिलरीको ४ करोड १९ लाख रुपैयाँ र नबिल बैंकको ३ करोड ५१ लाख रुपैयाँमाथिको कारोबार भएको छ ।