साल्ट ट्रेडिङ कर्पोरेशनको शेयर कारोबार शंकास्पद, राफसाफ रोक्न माग गर्दै उजुरी

२९ फाल्गुन २०७९, सोमबार ११:०४

काठमाडौं । साल्ट साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडको शेयर कारोबार शंकास्पद रहेको सचेत लगानीकर्ताहरुले ठहर गरेको छ । लगानीकर्ताहरुले सो कम्पनीको शेयर कारोबार शंकास्पद रहेको बताउँदै धितोपत्र बोर्ड (सेबोन)मा उजुरी समेत गराएका छन् ।

पछिल्ला केही महिनादेखि हालसम्म आइपुग्दा साल्ट ट्रेडिङको भइगरेका दोस्रो बजार कारोबारहरु मध्ये केही कारोबारहरु शंकास्पद रहेको लगानीकर्ताहरुले उल्लेख गरेका छन् ।

कम्पनी संचालकहरु वा निजका पारिवारिक सदस्यहरुको कारोबार शंकास्पद भएको बताउँदै कारोबारका केही विवरणहरु जाँच गरी उचित कामकारबाही गर्न लगानीकर्ताहरुले सेबोनसमक्ष माग गरेको छ । साथै राफसाफ हुन बाँकी शेयरहरु तत्कालको लागि राफसाफ रोक्का राखी दिन समेत अनुरोध गरेका छन् ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*