कुमारी बैंकको ३ लाख २१ हजार बढी कित्ता संस्थापक शेयर बिक्रीमा

२९ फाल्गुन २०७९, सोमबार १०:३५

काठमाडौं । कुमारी बैंक लिमिटेडले संस्थापक समुहको संस्थापक शेयर बिक्रीमा ल्याएको छ । बैंकका केहि संस्थापक शेयरधनीहरुले आफ्नो नाममा रहेको शेयर बिक्रीको लागि निवेदन दिएपश्चात सो ३ लाख २१ हजार १ सय ४० कित्ता शेयर बिक्रीमा ल्याएको हो ।

बैंकका संस्थापक शेयरधनी बालकृष्ण श्रेष्ठको ३ लाख १६ हजार १ सय ४० कित्ता र चन्द्र बहादुर खत्रीको ५ हजार २ सय ५४ कित्ता संस्थापक शेयर बिक्रीमा ल्याएको छ ।

उक्त शेयर खरिद गर्न इच्छुक संस्थापक शेयरधनीहरुले सूचना प्रकाशित मितिले ३५ दिन भित्र कम्पनी रजिष्ट्रारको कार्यालय कुमारी क्यापिटलमा आवेदन दिन सक्नेछन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*