प्रभु बैंकको लाभांश शेयरधनीहरुको खातामा जम्मा
२९ फाल्गुन २०७९, सोमबार १०:३९
काठमाडौं । प्रभु बैंक लिमिटेडको बोनस शेयर तथा नगद लाभांश सम्बन्धीत शेयरधनीहरुको हितग्राही खातामा जम्मा भएको छ । बैंकको पुष १४ गते सम्पन्न भएको २१औं वार्षिक साधारण सभाबाट पारित भएको ६.५ प्रतिशत बोनस शेयर नेप्सेमा सूचीकृत भई शेयरधनीहरुको डिम्याट खातामा पठाउन सुरु गरेको हो ।
बैंकले आव २०७८।७९ को मुनाफाबाट पारित भएको ६.५ प्रतिशत बोनस शेयर र १.५ प्रतिशत नगद लाभांश मंसिर २९ गतेसम्म कायम शेण्रधनीहरुको हितग्राही खाता खोली आफ्नो भौतिक शेयर अभौतिकीकरण गराएका शेयरधनीहरुको खातामा जम्मा गरिदिएको हो ।
साथै हितग्राही खातामा बैंक खाता अद्यावधिक गराएका सम्बन्धीत बैंकको शेयरधनीहरुको खातामा बैंकले सो लाभांश पठाएको हो । मंसिर २९ गतेपछि शेयर अभौतिकीकरण तथा बैंक खाता अद्यावधिक गराएका शेयरधनीहरुले क्रमशः उक्त लाभांश पाउनेछन् ।