उतारचढावकाबीच २६ अंकले घट्यो नेप्से, चर्को विरोधका कारण बैकिङ्ग इन्डेक्स सर्वाधिक गिरावट

२८ फाल्गुन २०७९, आईतवार १५:१२

काठमाडौं । साताको पहिलो दिन शेयरबजारमा २६ अंकको गिरावट आएको छ । प्रि–ओपनिङ्ग सेसनमा बढेको नेप्से सूचक मार्केट क्लोज हुने बेलासम्म २६.८० अंकले घटेर १९७५ को विन्दुमा कायम हुन पुगेको हो ।

नेप्सेमा सूचीकृत २६० कम्पनीको ४७ लाख ७२ हजार १४० कित्ता शेयर किनबेच हुँदा एक अर्ब ६६ करोड ६९ लाख रुपैयाँमाथिको कारोबार भएको छ ।

त्यस्तै, नेप्सेमा रहेका सबै उपसूचक आज राताम्य रहेका छन् । सर्वाधिक आज बैकिङ्ग इन्डेक्सको १.७१ प्रतिशतले घटेको छ । पछिल्लो समय बैकिङ्ग क्षेत्रमा उतारचढाव देखिएसँगै लगानीकर्ताहरुले आफुसँग भएको बैंकको शेयर धमाधम बिक्री गर्न थालेका छन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*