४० कम्पनीको शेयर मूल्य बढ्यो, कुनको कतिले बढ्यो ?
२८ फाल्गुन २०७९, आईतवार १५:०७
काठमाडौं । नेप्से २८।८० अंकले घट्दा १९७५।८९ का विन्दुमा कायम भएको छ। आज नेप्से ओरालो लागेपनि एक कम्पनीको शेयरमा सकारात्मक सर्किट लागेको छ। आज ४० कम्पनीको शेयर उकालो लागेको छ।शुभम् पावरको शेयरमा आज सकारात्मक सर्किट लागेको छ। कम्पनीको शेयर ९।९८ प्रतिशतले बढेको छ।
त्यस्तै, नबिल डिभेञ्चर ८५, युनिक नेपाल, नाडेप लघुवित्त, ग्रामीण विकास लघुवित्त, गरिमा बैंकको डिभेञ्चर ८५, एनआईसी एशिया बैंकको डिभेञ्चर ८२।८३, कृषि विकास बैंकको डिभेञ्चर ८३, सिटिजन म्युचुअल फण्ड १, आरबीबी म्युचुअल फण्ड १ र समिट लघुवित्तको शेयर उकालो लागेको छ।