उपभोक्ता मुद्रास्फीति ७.८८ प्रतिशतमा
२८ फाल्गुन २०७९, आईतवार १३:२४
काठमाडौं । चालु आर्थिक वर्षको सात महिनासम्म वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति (महंगी)७.८८ प्रतिशत रहेको छ । २०७९ माघ महिनामा मूल्य बृद्धि बढेर उक्त विन्दुमा पुगेको हो ।
अघिल्लो वर्षको सोही महिनामा यस्तो मुद्रास्फीति ६.२४ प्रतिशत रहेको थियो । समीक्षा महिनामा खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति ६.१९ प्रतिशत र गैर–खाद्य तथा सेवा समूहको मुद्रास्फीति ९.२२ प्रतिशत रहेको छ ।
समीक्षा महिनामा खाद्य तथा पेय पदार्थ समूह अन्तर्गत रेष्टुरेण्ट तथा होटल उप–समूहको वार्षिक बिन्दुगत मूल्य सूचकाङ्क १५.२४ प्रतिशत, खाद्य तथा खाद्यजन्य पदार्थको १२.३९ प्रतिशत, सुर्तीजन्य पदार्थको १०.८३ प्रतिशत, मदिराजन्य पेय पदार्थको ८.७८ प्रतिशत र मरमसलाको ८.०४ प्रतिशतले बढेको छ ।