आत्मनिर्भर लघुवित्तको आइपीओले कति पाउला ओपनिङ्ग रेञ्ज ?
काठमाडौं । आत्मनिर्भर लघुवित्त वित्तीय संस्था लिमिटेडको आइपीओ बाँडफाँड भइसकेको छ । बिक्री प्रबन्धक सनराइज क्यापिटलका अनुसार संस्थाको आइपीओ १६ हजार बढीले पाएका छन् ।
आइपीओ पाउने शेयरधनीहरुमा यतिबेला लघुवित्तको आइपीओले ओपनिङ्ग रेञ्ज कति पाउला भन्ने कौतुहलताको विषय बनेको छ । लघुवित्तले पहिलो कारोबारको लागि ३७१ रुपैयाँ ८० पैसादेखि ११५ रुपैयाँ ४ पैसासम्म पाउने देखिएको छ ।
नेप्सेले जुनकुनै कम्पनीको पहिलो शेयर कारोबारको लागि कम्पनीको वास्तविक प्रतिशेयर नेटवर्थको आधारमा ओपनिङ्ग मूल्य तोक्ने गर्दछ । यसर्थ संस्थाको आर्थिक वर्ष २०७७।७८ को वास्तविक प्रतिशेयर ३७१.८२ रुपैयाँ रहेको छ । यसर्थ सो कम्पनीको शेयरपाउने भाग्यमानी लगानीकर्ता मालामाल हुने निश्चित रहेको छ ।
शेयर पाउने भाग्यमानी १६ हजार ९७६ जना शेयरधनीहरुले १००० रुपैयाँ लगानी गरेर धितोपत्र दोस्रो बजारमा पहिलो कारोबारकै दिनमा १० कित्ता शेयर बिक्री गर्ने हो भने पनि १० हजार रुपैयाँ भन्दा बढी पाउनेछन् ।