माघमा साढे १ अर्ब रुपैयाँको बीमा पोलिसी सरेण्डर, कुन कम्पनीको कति ? (सूची सहित)

२७ फाल्गुन २०७९, शनिबार १३:१९

काठमाडौं । संचालनमा रहेका जीवन बीमा कम्पनीको १ अर्ब ३२ करोड ७७ लाख ६३ हजार रुपैयाँ बराबरको ९ हजार ८३९ बीमा पोलिसी सरेन्डर भएको छ ।बीमा कम्पनीहरुमार्फत बीमितले माघमा मात्रै ९ हजार ८३९ जना बीमितले पोलिसी त्यागेका हुन् । पुसमा ८७ करोड ४३ लाख ३० हजार रुपैयाँको ६ हजार ७८२ पोलिसी सरेन्डर भएको थियो ।

नेपाल बीमा प्राधिकरणले प्रकाशन गरेको तथ्यांक अनुसार प्राधिकरणका अनुसार माघमा सबैभन्दा बढी नेपाल लाइफ इन्स्योरेन्सका बीमित पोलिसी त्यागेका छन् । इन्स्योरेन्सका २ हजार ७१९ बीमित ३८ करोड ३ लाख ६१ हजार रुपैयाँको पोलिसी सरेन्डर गरेका छन् । माघमा राष्ट्रिय बीमा संस्थानका १ हजार ६६२ बीमित १० करोड ८६ लाख ६५ हजार रुपैयाँ पोलिसी सरेन्डर गरेका छन् । यस्तै नेसनल लाइफ इन्स्योरेन्सका ८०२ बीमित १४ करोड ७३ लाख ५९ हजार रुपैयाँको पोलिसी त्यागेको प्राधिकरणले जनाएको छ ।

लाइफ इन्स्योरेन्स कर्पोरेसन नेपालका १ हजार ५८५ बीमित ३० करोड ४६ लाख २९ हजार, मेट लाइफका ३५४ बीमित ३ करोड १७ लाख ८३ हजार, एसियन लाइफका १ हजार ४९३ बीमित २१ करोड ३२ लाख ३५ हजार, गुराँस लाइफका १९६ बीमित १ करोड ९४ लाख १३ हजार र प्राइम लाइफका ४०२ बीमित २ करोड २६ लाख ९४ हजार रुपैयाँको पोलिसी सरेन्डर गरेका छन् । प्राधिकरणका अनुसार आइएमई लाइफका ६६ बीमित ५६ लाख ३६ हजार, युनियन लाइफका ७६ बीमित २ करोड ३२ लाख ४० हजार, सन नेपाल लाइफका ४४ बीमित १ करोड २ लाख ४० हजार रुपैयाँ, रिलायन्स लाइफका ६५ बीमित ९९ लाख ४२ हजार, रिलायबल लाइफका १३९ बीमित ७० लाख ४ हजार र सिटिजन लाइफका ७८ बीमित ६५ लाख ७८ हजार रुपैयाँको पोलिसी सरेन्डर गरेका छन् । यस्तै सानिमा लाइफका २८ बीमित ४५ लाख ८३ हजार, प्रभु लाइफका ३० बीमित ६२ लाख ६६ हजार, महालक्ष्मी लाइफका ३९ बीमित ५० लाख २४ हजार र सूर्यज्योति लाइफका ६१ बीमित २ करोड ११ लाख १० हजार रुपैयाँको बीमा पोलिसी सरेण्डर भएका छन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*