सबैको लघुवित्तका सिइओ केशव कुमार पौडेलले बुझे ४५ लाख ७४ हजार तलब भत्ता
काठमाडौं । सबैको लघुवित्त वित्तीय संस्था लिमिटेडको छैठौं वार्षिक साधारण सभा सम्पन्न भएको छ । सो सभाले गत आवको मुनाफाबाट आफ्ना शेयरधनीहरुलाई प्रस्ताव गरेको १८% बोनस शेयर र कर तिर्न ०.९५ प्रतिशत नगद लाभांश गरी कुल १८.९५% लाभांश पारित गरेको छ ।
यसका साथै सो सभाले गत आर्थिक वर्ष २०७८।७९ को वार्षिक प्रतिवेदन अर्थात् छैठौं वार्षिक प्रतिवेदन समेत पारित गरेको छ । पारित प्रतिवेदनअनुसार संस्थाका प्रमुख कार्यकारी अधिकृत (सिइओ) केशव कुमार पौडेलले ४५ लाख ७४ हजार २५१ रुपैैयाँ वार्षिक तलब भत्ता बुझेका छन् ।
सिइओ पौडेलले आव २०७८।७९ मा पारिश्रमिक बापत तलब तथा भत्ता (बोनस, बैठक भत्ता समेत) गरी कुल पौने ४६ लाख रुपैयाँ बुझेका हुन् । उनको संस्थामा एक हजार ७० कित्ता शेयर रहेको छ ।
साथै संचालक समितिका पदाधिकारीहरुले बैठक भत्ता वापत जम्मा ४ करोड २३ लाख रुपैयाँ बुझेका छन् ।