उन्नती सहकार्य लघुवित्तले लाभांश नबाँड्ने
२६ फाल्गुन २०७९, शुक्रबार १०:३२
काठमाडौं । उन्नती सहकार्य लघुवित्त वित्तीय संस्थाले लाभांश नबाँड्ने घोषणा गरेको छ । संस्थाले गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना शेयरधनीहरुलाई कुनै खालको लाभांश तिवरण नगर्ने निर्णय गरेको हो ।
साथै संस्थाको फागुन २५ गते बसेको संचालक समितिको बैठकले आव २०७८।७९ को नाफा नोक्सान हिसाब तथा नगद प्रवाह विवरण लगायतका वित्तीय विवरणहरु माथि छलफल गरी सो लाई स्वीकृतिको लागि नेपाल राष्ट्र बैंक समक्ष पेश गर्ने निर्णय गरेको हो । सोही बैठकबाट गत आवको मुनाफाबाट कुनै पनि लाभांश वितरण गर्ने प्रस्ताव निर्णय भएको हो ।