करोडौं करछली अभियोगमा सूर्यज्योति लाइफमा अख्तियारको छानविन, सिईओ खत्रीलाई तीन दिने स्पष्टीकरण

२६ फाल्गुन २०७९, शुक्रबार १०:११

काठमाडौं । ज्योति लाइफ इन्स्योरेन्स कम्पनीले करोडौं रुपैयाँ कर छली गरेको अभियोगमा भ्रष्टाचार निवारण सम्बन्धी संवैधानिक निकाय अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानविन सुरु गरेको छ ।

एक आर्थिक वर्षको वित्तीय विवरण नै नबुझाई तथा लेखा परिक्षण समेत नगराई सूर्या लाइफसँग मर्जरमा गएको ज्योति लाइफले नेपाल सरकारलाई तिर्नु बुझाउनुपर्ने करोडौं रुपैयाँ कर छली गरेको अभियोगमा भ्रष्टाचार सम्बन्धी संवैधानिक निकाय अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नियामक निकाय बीमा प्राधिकरण मार्फत छानविन थालेको हो । आयोगले फागुन दोस्रो साता बीमा प्राधिकरणलाई पत्र लेख्दै नियामक निकाय नेपाल बीमा प्राधिकरणलाई कर छलीको विषयमा छानविन गरी प्रतिवेदन पेश गर्न लिखित पत्राचार गरेको छ ।

आव २०७६।०७७ देखि यताको कर चुक्ता नै नलिई बसेको कम्पनीमाथि करोडौं कर छली गरेको भन्दै भ्रष्टाचार सम्बन्धी संवैधानिक निकाय अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानविन सुरु गरेको हो । आयोगले भ्रष्टाचार निवारण सम्बन्धी ऐनको दफा ७८ बमोजिमको निर्णय अनुसार छानविन गर्न बीमा प्राधिकरणलाई भनेको छ ।

 

सूर्यज्योति लाइफ मर्जरमा जानुअघि सूर्या लाइफको आव २०७६।०७७, आव २०७७।०७८ र आव २०७८।०७९ र ज्योति लाइफको आव २०७७।७८ र आव २०७८।०७९ को को कर चुक्ता नै नलिई मर्जरमा गएको थियो । त्यति मात्रै नभई दुवै कम्पनीले आव २०७८।०७९ को कर चुक्ता नै नलिई मर्जरमा गएका थिए । सो सम्बन्धमा समेत आयोगले छानविन गरी जवाफ दिन बीमा प्राधिकरणलाई निर्देशन दिएपछि प्राधिकरण अहिले अप्ठेरोमा परेको छ ।

सूर्यज्योति लाइफमा सिईओका रुपमा ज्योति लाइफका प्रकाश विक्रम खत्री रहेका छन् । उनले यसअघि आफू सिईओ रहेको ज्योति लाइफ र मर्जर भई आएको सूर्या लाइफ दुवैको पाँच आर्थिक वर्षको कर छली सम्बन्धी विवरण दिनुपर्नेछ । यसैबीच, बीमा प्राधिकरणले सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनीका सिईओ प्रकाश विक्रम खत्रीलाई ३ दिने स्पष्टिकरण सोधेको छ । यही फागुन १६ गते सूर्यज्योति लाइफलाई नेपाल बीमा प्राधिकरणले कर छली सम्बन्धमा लिखित स्पष्टिकरण पत्र काटेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*