१३ लाख वैदेशिक रोजगारीमा जाने श्रमिकले गरे पौने २ अर्बको बीमा

२६ फाल्गुन २०७९, शुक्रबार ०८:१८

काठमाडौं । वैदेशिक रोजगारीको लागि विभिन्न देशहरुमा जाने १३ लाख नेपाली श्रमिकहरुले पौने २ अर्ब रुपैयाँ बराबरको बीमा गरेका छन् ।नेपाल सरकारले अनिवार्य गरेको वैदेशिक रोजगारमा जाने श्रमिकहरुले यस अवधिसम्ममा वैदेशिक रोजगार बीमा वापत माघ महिनासम्ममा १३ लाख ६० हजार ३ सय ८८ बीमालेखबाट १ अर्व ९६ करोड रुपैयाँ आर्जन गर्न सफल भएका छन् ।

जीवन बीमा कम्पनीहरुले वैदेशिक रोजगारमा रहेका श्रमिकबाट यस प्रकारको रकम आर्जन गर्न सफल भएका हुन् । बीमा प्राधिकरणले प्रकाशित गरेको माघ महिनासम्मको विवरण अनुसार सन नेपाल लाइफ इन्स्योरेन्सले सबैभन्दा बढी बीमा शुल्क आर्जन गर्न सफल भएको छ । कम्पनीले माघ महिना सम्ममा वैदेशिक रोजगारमा रहेका ९ लाख ९४ हजार बीमालेखहरुबाट ७७ करोड ४९ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेको छ ।

दोस्रो नम्बरमा सुुर्यज्योति लाइफ इन्स्योरेन्स रहेको छ । कम्पनीले २ लाख ८९ हजार ९ सय ९८ बीमालेखबाट ३४ करोड ३३ लाख रुपैयाँ बीमाशुल्क आर्जन गरेको छ ।

त्यस्तै, तेस्रो नम्बरमा आइएमई लाइफ इन्स्योरेन्स रहेको छ । कम्पनीले सो समयमा ६० हजार ३ सय ४९ बीमालेखबाट २३ करोड ९६ लाख रुपैयाँ आर्जन गर्न सफल भएको छ ।प्रकाशित वित्तिय विवरणका अनुसार माघ महिनासम्म नेशनल लाइफले १९ हजार ६ सय ८७ बीमालेखबाट ५ लाख ९५ हजार रुपैयाँ आर्जन गरेको छ । त्यस्तै, नेपाल लाइफले ८३ हजार ८ सय १३ बीमालेखबाट १३ करोड ४० लाख रुपैयाँ, रिलायन्स लाइफले ७ हजार ४ सय ७२ बीमालेखबाट २ करोड ७३ हजार रुपैयाँ, रिलायबल नेपाल लाइफले २१ हजार ६ सय १७ बीमालेखबाट ८ करोड ८४ लाख रुपैयाँ बीमाशुल्क आर्जन गरेको छ ।

त्यस्तै, सिटिजन लाइफले १ लाख ४४ हजार बीमालेखबाट १३ करोड ४६ लाख रुपैयाँ, सानिमा लाइफले ३४ हजार ९ सय १५ बीमालेखबाट १४ करोड ९४ हजार रुपैयाँ र प्रभु लाइफले ३ हजार ३ सय ८५ बीमालेखबाट १ करोड ६८ हजार रुपैयाँ बीमाशुल्क आजन गरेको छ ।
प्रकाशित विवरणमा लाइफ इन्स्योरेन्स कर्पोरेशन (एलआईसी) को सातवटा मात्र सक्रिय बीमालेख देखाएको छ ।

 

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*