लक्ष्मी लघुवित्तका सिइओ तथा लघुवित्त बैंकर्स संघका अध्यक्ष प्रकाश राज शर्माले कति बुझ्छन् तलब भत्ता ?
काठमाडौं । लक्ष्मी लघुवित्त वित्तीय संस्था लिमिटेडको ११औं वार्षिक साधारण सभा यहि फागुन २९ गते सोमबार अग्रवाल भवन कमलपोखरी, काठमाडौंमा बस्दैछ ।
सो सभाले गत आर्थिक वर्ष २०७८।७९ को वार्षिक प्रतिवेदन अर्थात् ११औं वार्षिक प्रतिवेदन उपर छलफल गरी पारित गर्नेछ । संस्थाले सो साधारण सभामार्फत पारित गर्ने उक्त प्रतिवेदन आफ्ना शेयरधनीहरुका लागि सार्वजनिक गरिसकेको छ । सार्वजनिक प्रतिवेदन अनुसार संस्थाका प्रमुख कार्यकारी अधिकृत (सिइओ) प्रकाश राज शर्माले ५९ लाख ८ हजार रुपैयाँ वार्षिक तलब भत्ता बुझ्ने भएका छन् ।
संस्थाका सिइओ तथा लघुवित्त बैंकर्स संघका अध्यक्ष समेत रहेका शर्माले गत आव २०७८।७९ को बोनससहित ५९ लाख रुपैयाँ वार्षिक तलब भत्ता बुझ्ने भएका हुन् । उक्त वार्षिक प्रतिवेदनमा सिइओ शर्माको वार्षिक पारिश्रमिक तथा तलब भत्ता (बोनस सहित) ५० लाख रुपैयाँ भन्दा बढी देखाइएको छ । २९ गते हुने ११औं साधारण सभामा सो प्रतिवेदनउपर छलफल गरी पारित गरिनेछ ।
यसका साथै अन्य प्रबन्धकहरु (नायक महाप्रबन्धक र मुख्य प्रबन्धक)हरुको वार्षिक तल भत्ता ५७ लाख ८० हजार रुपैयाँ देखाइएकोछ ।