चैत मसान्तभित्र पुँजि पुराउन सम्भव छैन, समय थप गर्नुपर्छ: बीमक

२५ फाल्गुन २०७९, बिहीबार ११:३७

काठमाडौं । बीमा कम्पनीहरुले चैत मसान्तसम्ममा बीमा प्राधिकरणले तोकेको अवधिमा पुँजी पुराउने नसक्ने भएको छ। प्राधिकरणको यो निर्णय तोकेको समयमा नसक्ने भन्दै बीमा कम्पनीहरुले प्राधिकरणमा प्रस्ताव पठाउने भएको छ।

नेपाल बीमा प्राधिकरणले गत वर्षको चैत १० गते जीवन बीमा कम्पनी र निर्जीवन बीमा कम्पनीहरुको पूँजी बढाउने निर्णय गरेको थियो । जीवन तथा निर्जीवन बीमा कम्पनीहरुले यहि चैत मसान्त भित्र तोकिएको पूँजी जुटाउनु पर्ने व्यवस्था छ । जीवन बीमा कम्पनीहरुले ५ अर्ब र निर्जीवन बीमा कम्पनीहरुले साढे दुई अर्ब पुयाउनु पर्नेछ ।

नेपाल बीमक संघका अध्यक्ष चंकी क्षेत्रीले भने, बीमा कम्पनीहरुले संघमा पुँजी वृद्धिको योजना समयावधि थप गर्न सुझाव दिइएको छ , प्राधिकरणमा यो सुझाव लैजाने तयारी छ । ‘त्यस्तै, बीमा प्राधिकरणका कार्यकारी निर्देशक राजु रमण पौडेलले यस बिषयमा कुनै निर्णय नभइसकेको बताए ।

मर्जर पश्चात् पनि कतिपय कम्पनीहरुले अझै न्यूनतम पुँजी पुराउन सकेको छैन । जसको लागि बोनस शेयर जारी गरेर पुँजी पुराउन दिईने भएको छ।
हालसम्म तीन बीमा कम्पनीहरुको मात्रै पुँजी पुगेको छ। नेपाल लाइफ, शिखर र उत्तरपश्चिम पुँजी पुराइसकेको छ। हाल मर्जरको प्रकृयामा रहेको कम्पनीहरुलाई पनि न्यूनतम पूँजी पुराउन हम्मे हम्मे देखिन्छ ।

कतिपय मर्जर प्रकृयामा रहेको कम्पनीहरुको मर्जरको टुंगो अझै लाग्न सकेको छैन भने कतिपयलाई स्वतः पुँजी रणनीति बनाइरहेको छ। यस्तो अवस्थामा कम्पनीहरुले चैतमा नै पुँजी पुराउन नसक्ने भन्दै समयावधि थप गर्न माग गर्ने भएको छ। हालसम्म सात बीमा कम्पनीहरुको मर्जर सम्पन्न भईसकेको छ। बाँकि प्रकृयामा रहेको छ । तर सरकारी बीमा कम्पनीको पुँजी पुराउने रणनीति भने अझै अन्यौलमा छ । यस बिषयमा अर्थमन्त्रालयले समेत लेखापरीक्षण सम्पन्न गर्न सरकी स्वामित्वमा रहेका दुई कम्पनीलाई निर्देशन दिइसकेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*