सेबोनद्वारा एकैसाथ ११ वटा ब्रोकर कम्पनीलाई शाखा खोल्न अनुमति, कुन–कुनले पाए ?
काठमाडौं । ११ वटा धितोपत्र दलाल कम्पनी (ब्रोकर)ले एकसाथ नयाँ शाखा कार्यालय खोल्न अनुमति पाएका छन् । नेपाल धितोपत्र बोर्ड (सेबोन)ले एघार ब्रोकर कम्पनीलाई शाखा खोल्न स्वीकृति दिएको हो ।
भिजन सेक्युरिटिज प्रा.लि., कालिका सेक्युरिटिज प्रा.लि., त्रिशक्ति सेक्युरिटिज पब्लिक लिमिटेड, निभ सेक्यु्रिटिज प्रा.लि., भृकुटी स्टक ब्रोकिङ्ग कम्पनी, इम्पेरियल सेक्युरिटिज कम्पनी, थ्राईभ ब्रोकरेज हाउस, सुन्धारा सेक्युरिटिज लिमिटेड, क्रियटिभ सेक्युरिटिज प्रा.लि., आशुतोष सेक्युरिटिज प्रा.लि. र मिडास स्टक ब्रोकिङ्ग कम्पनीलाई सेबोनले शाखा खोल्न अनुमति दिएको हो ।
यी ११ वटा ब्रोकर कम्पनीलाई कुल २० वटा शाखा कार्यालय खोल्न अनुमति दिएको सेबोनले जनाएको छ । बोर्डका अनुसार धितोपत्र दलाल व्यवसायीले शाखा कार्यालय खोल्ने सम्बन्धी निर्देशिमा, २०७९ अनुसार शाखा कार्यालय खोल्ने अनुमति पाएको हो ।
जसमा भिजन सेक्युरिटिजले कपिलवस्तु जिल्लाको चन्द्रौटा, इलाम जिल्लाको इलाम बजार, कैलाली जिल्लाको टिकापुरमा शाखा खोल्न अनुमति पाएको हो । त्यस्तै, कालिका सेक्युरिटिजले महोत्तरी जिल्लाको वर्दिवासमा शाखा खोल्न अनुमति पाएको छ ।
त्यस्तै, त्रिशक्ति सेक्युरिटिज पब्लिक लिमिटेडले कञ्चनपुर जिल्लाको महेन्द्रनगर, निभ सेक्युरिटिजले सर्लाही जिल्लाको हरिवन, कैलाली जिल्लाको अत्तरिया, भुकुटी स्टक ब्रोकिङ्गले पर्सा जिल्लाको विरगंज, काभ्रे जिल्लाको धुलिखेल, सुर्खेत जिल्लाको सुर्खेत, महोत्तरी जिल्लाको वर्दिवास, म्याग्दी जिल्लाको बेनी, दोलखा जिल्लाको चरिकोटमा शाखा खोल्न स्वीकृति पाएको हो ।
साथै धितोपत्र बोर्डले ईम्पेरियल सेक्युरिटिजलाई धादिङ्ग जिल्लाको धादिङ्गबेसी, थ्राईभ ब्रोकरेज हाउसलाई तनहुँ जिल्लाको दमौलीमा, सुन्धारा सेक्युरिटिज लिमिटेडलाई बारा जिल्लाको सिमरा, चितवन जिल्लाको पर्सामा, क्रियटिभ सेक्युरिटिजलाई पाल्पा जिल्लाको तानसेनमा, आशुतोष सेक्युरिटिजलाई सिराहा जिल्लाको मिरचैयामा र मिडास स्टक ब्रोकिङ्गलाई गोरखा जिल्लाको गोरखा बजारमा शाखा खोल्न अनुमति प्रदान गरेको छ ।