कोका–कोलाले १ हजार महिलाहरुलाई डिजिटल सीप मार्फत सशक्त बनाउँदै

२५ फाल्गुन २०७९, बिहीबार १०:३९

काठमाडौं । महिला सशक्तीकरण र लैङ्गिक समानताले समाजको विकासलाई राम्रो गति दिन सक्छ । यही कुरालाई मध्यनजर गर्दै कोका–कोलाले महिला सशक्तीकरण र लैङ्गिक समानता सम्बन्धि धेरै कार्यक्रमहरु सञ्चालन गर्दै आएको छ ।

गत वर्षको सक्षम कार्यक्रमको उल्लेखनीय सफलता पश्चात कोका–कोलाले यो वर्ष पनि सक्षम २.० सञ्चालन गर्दैछ । किराना पसल तथा खाजा घरहरु सञ्चालन गर्दै आइरहेका १००० महिला व्यवसायीहरुलाई एक दिने तालिम मार्फत व्यवसाय सञ्चालन एवम अन्य आवश्यक सीपहरु सिकाई सुदृढ एवम सशक्त गर्ने उद्धेश्यले सक्षम २.० को शुरुवात गरिएको कोका–कोला कम्पनीले जनाएको छ ।

काठमाडौँ उपत्यका भित्र र बाहिरका लघु तथा साना उद्यमी महिलाहरूको व्यावसायिक ज्ञान र सीप अभिवृद्धि गरी व्यवसायलाई अझै राम्रोसँग विस्तार र सञ्चालन गर्ने उनीहरुको क्षमताको विकास गर्ने लक्ष्यको साथ गत वर्षको मार्चमा सक्षम कार्यक्रम ल्याइएको थियो । उक्त कार्यक्रम मार्फत १००० भन्दा बढी महिला व्यवसायीहरुले आफ्ना सहकर्मीबाट सिक्ने तथा व्यवसाय सम्बन्धि चुनौती र अवसरहरु पहिचान गरी आफ्नो व्यवसायलाई अझ प्रभावकारी रुपमा कसरी सञ्चालन गर्न सकिन्छ भन्ने विषयमा छलफल गर्ने साझा प्लेट्फर्म पाएका थिए ।

प्रगतिशील समाजको निर्माणको लागि महिलाहरु नवीन किसिमका व्यवसाय सञ्चालन गर्न सक्षम छन् र उनीहरुले यस्ता किसिमका व्यवसायहरु सञ्चालन गर्दै पनि आइरहेका छन् भन्ने चेतनामुलक सन्देश दिनको लागि सक्षम २.० ल्याईएको हो । जुन यस वर्षको अन्तरराष्ट्रिय नारी दिवसको थिम “डिजिटल इनोभेसन एन्ड टेक्नोलोजी फर जेण्डर इक्वालिटी” लाई समर्थन गर्ने लक्ष्य राख्छ । महिला व्यवसायीहरुको वित्तीय साक्षरता, आतिथ्यता, सरसफाई व्यवस्थापन र डिजिटल वालेटको प्रयोग सम्बन्धि क्षमता निर्माण गर्न सक्षम २.० को डिजाइन गरिएको कोका–कोला कम्पनीले जनाएको छ ।

यो वर्ष सक्षम २.० ले स्टार्टअप र सम्भावित स्टार्टअपहरूलाई व्यवसायको प्रकृति अनुसारको मेन्टरशिप कार्यक्रम पनि प्रदान गर्नेछ । महिला व्यवसायिहरुलाई आफ्नो व्यवसायिक योजना अथवा व्यवसायलाई अगाडि बढाउन आवश्यक जानकारी र सीप प्रदान गरी उनीहरुको व्यावसायिक क्षमता निर्माण गर्न यो कार्यक्रम केन्द्रित हुनेछ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*