युनाइटेड इन्स्योरेन्सको संचालक समितिबाट बाहिरिए रमेश प्रसाद जोशी
२५ फाल्गुन २०७९, बिहीबार १०:२०
काठमाडौं । युनाइटेड इन्स्योरेन्स लिमिटेडका संचालक रमेश प्रसाद जोशी संचालक समितिको सदस्यबाट बाहिरिएका छन् ।
कम्पनीको संस्थापक शेयरधनी चौधरी ग्रुपको प्रतिनिधित्व संचालक जोशी रहेकोमा उक्त संस्थाको फागुन १५ गतेको संचालक हटाइदिने सम्बन्धमा लेखिएको पत्र प्राप्त अनुसार कम्पनीले संचालक जोशीलाई सो पदबाट हटाएका हुन् ।
कम्पनीको फागुन १८ गते बसेको संचालक समितिको बैठकले जोशीलार्य कम्पनीको संचालक समितिको सदस्य नरहने निर्णय गरेको हो ।