बैंकको ब्याजदर विरुद्ध दुर्गा प्रसाई नेतृत्वले गरेको आन्दोलन व्यवसायी संगठनहरुको समर्थन छैनः कटुवाल

२४ फाल्गुन २०७९, बुधबार १९:४७

काठमाडौं । बैंकको ब्याजदर विरुद्ध संयुक्त मूल संघर्ष समितिका संयोजक नरेश कटुवालले दुर्गा प्रसाईले नेतृत्व गरेको आन्दोलन र व्यवसायी संगठनहरुले गरेको आन्दोलन फरक भएको बताएका छन् ।उनले बुधवार एक प्रेस विज्ञप्ति जारी गर्दै पछिल्लो समय प्रसाईले नेतृत्व गरेको आन्दोलन र नेपाल राष्ट्रिय व्यवसायी महासंघको नेतृत्वमा अन्य ९ वटा व्यवसायी महासंघ र ५० वटा संघ संस्थाहरुले संयुक्त रुपमा गरेको आन्दोलन फरक रहेको जानकारी गराए ।

उहाँले दुर्गा प्रसाईले गरेको आन्दोलनमा उठाएका केही माग मिल्न गएकाले एउटै आन्दोलन भन्न नमिल्नेबताए , संयोजक कटुवालले नेपाल राष्ट्रिय व्यवसायी महासंघको नेतृत्वमा अन्य ९ वटा व्यवसायी महासंघ र ५० वटा संघ संस्थाहरुले संयुक्त रुपमा गरेको आन्दोलन बैंकको ऋण नतिर्न र बैंकका कर्मचारीहरुलाई कालोमोसो दल्नको लागि नभएको स्पष्ट पारे ।

उहाँले व्यवसायीहरुले उच्च रुपमा बृद्धि भएको बैंकको ब्याजदर एकल विन्दुमा बनाउन र तत्काल तिर्नु पर्ने किस्ता बजारमा तरलता लगायत व्यापारमा आएको मन्दीको कारण समय माग गर्दै आन्दोलन गरीएको बताए । उाले नेपाल राष्ट्रिय व्यवसायी महासंघको नेतृत्वमा अन्य ९ वटा व्यवसायी महासंघ र ५० वटा संघ संस्थाहरुले बैंकको ब्याज र ऋण तिर्न नसक्ने नभनेको बताए ।

कटुवालले नेपाल राष्ट्रिय व्यवसायी महासंघको नेतृत्वमा अन्य ९ वटा व्यवसायी महासंघ र ५० वटा व्यवसायीक संघ संस्थाहरुले गरेको आन्दोलनलाई सरकारले प्रसाईको आन्दोलनसँग जोडेर नहेर्न आग्रह गरे। उनले प्रसाईको आन्दोलनमा व्यवसायी महासंघहरुको कुनै पनि संग्लनता र समर्थन नभएको जानकारी दिनु भयो । उहाँले व्यवसायी महासंघहरुले बैकिङ प्रणाली विरुद्धमा र ऋण नतिरे पनि हुन्छ भनेर आन्दोलन नगरेको बताए ।

बैंकको उच्च ब्याजदर एक बिन्दुमा ल्याउनु पर्ने माग र धितो लिलामी गर्न नपाउने तथा पत्रपत्रिकामा फोटो राख्न नपाउने माग राख्दै सडक आन्दोलनमा रहेका व्यवसायीहरुलाई सरकारले वास्ता नगरेको भन्दै पहुँचवाला उद्योगी व्यवसायीहरुलाई मात्रै बोलाउनु राम्रो नभएको गुनासो गरे । उनले राज्यका नीतिले नछोएको र राज्यले संधै उपेक्षा वास्तविक मारमा परेका व्यवसायीलाई गरिरहेको बताए । उनले नेपालका राजनीतिक दलले समेत पहुँचमा रहेका एक हात व्यवसायीहरुलाई मात्रै छलफल गर्ने गरेको उल्लेख गरे ।

पछिल्लो समय बैंकहरुले आफु खुशी मनलाग्दी ब्याजदर बढाएर उद्योगी व्यवसायीहरुलाई मर्कामा पारेको, धितो लिलामीको सूचना निकालेर हैरान पारेको त व्यवसायीलाई कालो सूचिमा राखेर मानमर्दन भइरहेकोबताए । उनले आन्दोलनरत १० वटा व्यवसायी महासंघ र ५० वटा व्यवसायीक संघ संस्थाहरु पुन देश व्यापी रुपमा सडक आन्दोलनमा उक्रने बताए ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*