ग्लोबल आइएमई लघुवित्तको वार्षिक साधारण सभा सम्पन्न, लाभांश प्रस्ताव पारित

२४ फाल्गुन २०७९, बुधबार १३:५६

काठमाडौं । ग्लोबल आइएमई लघुवित्तको १०औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । सभा बेष्ट रिसोर्ट नेपाल प्रालि लेकसाइड पोखरामा सम्पन्न भएको हो ।

सभाले आर्थिक वर्ष २०७८र७९ को मुनाफाबाट १२ प्रतिशत बोनश शेयर र ८ प्रतिशत नगद गरि कुल २० प्रतिशत लाभांश बितरण गर्ने प्रस्ताव पारित गरेको छ ।

सभामा कम्पनीले एक वा एकभन्दा बढी उपयुक्त लघुवित्त संस्थाहरू गाभ्ने र गाभिने प्रयोजनको लागि आवश्यक कार्यहरू गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने, गत आर्थिक वर्षको वार्षिक प्रतिवेदनउपर छलफल गर्ने एवं चालू आवको लेखापरीक्षणको लागि लेखापरीक्षकको नियुक्ति र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पारित गरेको छ

सभाले दुई जना स्वतन्त्र संचालक नियुक्त गरेको कम्पनीले जानकारी दिएको छ । साथै सभाले वित्तीय संस्थाको सर्वसाधारण समूह (समूह ख) अनर्गत सजनी नेपाल र मिन प्रसाद ज्ञवाली सञ्चालकतर्फ निर्वाचित गरेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*