लाभांश प्रस्ताव सहित प्रुडेन्सियल इन्स्योरेन्सले डाक्यो साधारण सभा, बुक क्लोज कहिले ?

२४ फाल्गुन २०७९, बुधबार १०:०८

काठमाडौं । प्रुडेन्सियल इन्स्योरेन्स कम्पनी लिमिटेडले २१औं वार्षिक साधारण सभा आह्वान गरेको छ । कम्पनीको फागुन २३ गते बसेको संचालक समितिको बैठकको निर्णयले सभा चैत १६ गते दियालो लर्डस प्लाजा, वीरगञ्ज, पर्सामा दिनको १२ः३० बजे शुरु हुनेछ ।

सभाले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने घोषणा गरेको लाभांश प्रस्ताव पारित गर्न साधारण सभा डाकेको छ । सभाले हाल कायम चुक्ता पूँजीको ३.३२५ प्रतिशतका दरले बोनस शेयर र सोको कर प्रयोजनार्थ २० लाख ७५ हजार ७५३ रुपैयाँ ४३ पैसा नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित गर्नेछ।

साथै सभाले कम्पनीको प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, सञ्चालक समितिबाट समूह क र ख अन्तर्गत रिक्त दुई सञ्चालक बाँकी कार्यकालका लागि गरिएको नियुक्ति अनुमोदन गर्ने, लेखापरीक्षक नियुक्त गर्ने लगायतका प्रस्ताव पारित गर्नेछ।

साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ इन्स्योरेन्सले चैत ३ गते एक दिन बुकक्लोज गर्ने भएको छ । यस अनुसार चैत २ गतेसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले इन्स्योरेन्सको साधारण सभामा सहभागिता जनाउन तथा इन्स्योरेन्सले वितरण गर्ने लाभांश प्राप्त गर्न सक्नेछन्।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*