पेशागत बीमा अभिकर्ता संघ नेपाल नेशनल लाइफ केन्द्रिय बिमक समिति गठन, गोविन्द अधिकारीको संयोजकत्वमा १९ सदस्यीय कार्य समिति चयन
काठमाडौं । पेशागत बीमा अभिकर्ता संघको नेशनल लाइफ इन्स्योरेन्स कम्पनी केन्द्रिय बीमक समिति गठन गरिएको छ । आज भक्तपुरको डाेलेश्वरमा आयोजित भेलाले गोविन्द अधिकारीको संयोजकत्वमा १९ सदस्यीय कार्य समिति गठन गरिएको हो ।कार्यक्रममा नेशनल लाइफका देशभरीका बीमा अभिकर्ताको बाक्लो उपस्थिति रहेको थियो।
आज भक्तपुरको डाेलेश्वरमा पेशागत अभिकर्ता संघ नेपालका केन्द्रीय अध्यक्ष नन्द प्रसाद तिवारीको प्रमुख आतिथ्यमा पेशागत अभिकर्ता संघ नेपाल विमक समिति नेशनल लाइफ कम्पनी लिमिटेडको राष्ट्रिय भोला भएको हाे ।
कार्यक्रमको अध्यक्षता संघका गोविन्द प्रसाद अधिकारीले गरेका थिए । बन्द सत्रबाट व्यापक छलफल पश्चात सर्वसम्मतिमा पेशागत अभिकर्ता संघ नेपाल बीमक समिति नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको केन्दीय कमिटी चयन गरिएको हाे । अध्यक्षमा गोबिन्द प्रसाद अधिकारी सहित बरिष्ठ उपाध्यक्षमा दीपा शर्मा वली चयन भएका छन् ।
त्यस्तै, उपाध्यक्षमा जयराज जोशी, सचिवमा शंकर लामिछाने , सहसचिवमा यति राज अधिकारी, कोषाध्यक्षमा श्याम कुमार श्रेष्ठ निर्वाचित भएका छन् ।सदस्यहरुमा धनराज सिंह ठगुन्ना, राजेन्द्र बहादुर चन्द, राजेन्द्र प्रसाद यादव, सुमन श्रेष्ठ, दिपक अर्याल, रबि प्रसाद न्यौपाने, संगिता भट्टराई, गंगा पराजुली, उषा गुरुङ, खम्बु रोकाया, नबराज बम, नेपालमा श्रेष्ठ र बन्धु निरौला निर्वाचित भएका छन् ।
त्यस्तै, उक्त भेलाले चार जना सल्लाहकार समिति समेत चयन गरेको छ । सल्लाहकार समितिमा जयराम बिडारी, नेत्र राउत, बिमल न्यौपाने र युवराज बस्नेतलाई चयन गरेको छ।