आज यी कम्पनीका लगानीकर्ताले सर्वाधिक गुमाए
२३ फाल्गुन २०७९, मंगलवार १५:१४
काठमाडौं । साता कारोबारको तेस्रो दिन अर्थात मंगलवार शेयर बजार सामान्य अंकले बढेको छ । आज शेयर बजार १४ दशमलव ९१ को अंकले बढेर १९५२ को विन्दुमा कायम भएको छ ।
शेयर बजार सामान्य रुपले बढेतापनि केहि कम्पनीहरुको शेयर मूल्य घट्न पुगेको छ । आज सिवाइसी नेपाल लघुवित्तको शेयर मूल्य ५ दशमलव १८ प्रतिशतले सर्वाधिक घटेको छ ।
त्यस्तै, नबिल इक्युटी फण्ड, समिट लघुवित्त, कुमारी धनबृद्धि योजना, सामलिङ पावर कम्पनी लगायत अन्य कम्पनीको शेयर मूल्य घटेको छ ।